सात महादेशका अग्ला शिखर आरोहण गरी डा. हरि बुढा मगर बेलायत फिर्ता, हिथ्रोमा भव्य स्वागत

SHARE:

चिम्खोले काईला- बेलायत।

मंगलबार, २० जनवरी २०२६ । संसारका सातवटै महादेशका अग्ला शिखरहरू (Seven Summits) सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका डा. हरि बुढा मगर, MBE, बेलायत फर्किएका छन्। मंगलबार लन्डनस्थित हिथ्रो विमानस्थलको टर्मिनल ४ मा ओर्लँदा उनलाई भव्य स्वागत तथा बधाई ज्ञापन गरियो।

उनको स्वागतका लागि बेलायतका लागि उनका श्रीमती उर्मिला बुढा मगर, नेपाली राजदूतावासका तृतीय सचिव झुपलाल पुन मगर, एनआरएनए युकेका अध्यक्ष प्रेम बहादुर गाहा मगर, उपाध्यक्ष तिर्थ बहादुर मल्ल (अनिल) मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन मगर (लालु) र उनका अंग्रेजी साथी म्यानेजर ब्राइन उपस्थित थिए।

त्यस्तै, मगर संघ युकेका पूर्वअध्यक्ष दुत पुन मगर (चिम्खोले काइला), ट्रष्टी जमुना पुन मगर, सल्लाहकारहरू डा. बल थापा मगर, कर्ण दर्लामी मगर, कृष्ण दर्लामी मगर, हिक्मत सिंह रोका मगर, लिला पुन मगर, पदम सुन्दर गर्बुजा मगर, उपाध्यक्ष गुमान सिंह थापा मगर, उपाध्यक्ष बिष्णु श्रीस मगर, कोषाध्यक्ष मोहन थापा मगर, सचिब अनिल थापा मगर, युथ संयोजक दिपक थापा (माइथाने)मगर, कार्यसमितिका सदस्यहरू, राप्ती समाज युकेका अध्यक्ष चन्द्र शाही, हिलिङ्डन गोर्खा कम्युनिटीका युवा अध्यक्ष विकेन्द्र गुरुङ, विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकारलगायत झन्डै १०० जनाको सर्वसाधारणको बाक्लो उपस्थिति थियो भने खामभाषी मगर समाज युकेका अध्यक्ष लिला पुनलगायत अन्य सदस्य हरु वाजागाजा बुढा मगरलाई स्वागत गर्न विमानस्थल पुगेका थिए।

डा. बुढा मगरले ६ जनवरी २०२६ मा अन्टार्कटिकाको माउन्ट भिन्सन सफल आरोहण गरेसँगै सात महादेशका सबै उच्च शिखर चुम्ने लक्ष्य पूरा गरेका हुन्। दुवै घुँडामाथि खुट्टा काटिएका (Double Above-knee Amputee) व्यक्तिको रूपमा यो सफलता हासिल गर्ने उनी विश्वकै पहिलो व्यक्ति हुन्।

पर्वतारोहणको क्षेत्रमा उनले पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै क्यान्टरबरी क्राइस्ट चर्च विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि (Honorary Doctorate) प्रदान गरेको छ। “असम्भवलाई सम्भव बनाउन सकिन्छ” भन्ने सन्देश विश्वभर फैलाउनु नै उनको मुख्य उद्देश्य हो।

अपाङ्गता सम्बन्धी सचेतना फैलाएबापत उनलाई राजा चार्ल्स तृतीयबाट प्रतिष्ठित पदवी MBE प्रदान गरिएको छ। साथै, उनले सन् २०२४ मा प्राइड अफ ब्रिटेनको ‘स्पेशल रिकग्निसन अवार्ड’ र सोल्जरिङ अनको ‘इन्स्पिरेसन अवार्ड’ समेत प्राप्त गरिसकेका छन्।

हाल बेलायतको क्यान्टरबरीमा बसोबास गर्ने डा. बुढा मगरले उत्प्रेरक वक्ताका रूपमा सक्रिय हुनुका साथै गोर्खा वेलफेयर ट्रस्ट, ब्लेस्मा (Blesma), र टिम फोर्सेस जस्ता संस्थाहरूका लागि कोष संकलन समेत गर्दै आएका छन्। यसअघि उनले नेपाल सरकारले दृष्टिविहीन र दुवै खुट्टा नभएका व्यक्तिहरूलाई हिमाल चढ्न लगाएको कानुनी प्रतिबन्ध हटाउन समेत नेतृत्वदायी भूमिका खेलेका थिए।

डा. बुढा मगरले सशस्त्र बल समुदायमा उनको प्रभावको कदर गर्दै उनलाई ‘इन्स्पिरेसन अवार्ड’ सोल्जरिङ अन अवार्ड २०२४ (Soldiering On Award 2024) प्रदान गरिएको छ।

डा. बुढा मगर बेलायतको केन्टरबरीमा बस्छन् र आफ्नो समय उत्प्रेरक वक्ता (Motivational Speaker) र परोपकारी कामका लागि खर्चिरहेका छन् भने उनले गोर्खा वेलफेयर ट्रस्ट, ब्लेस्मा (Blesma), र टिम फोर्सेस जस्ता संस्थाहरूका लागि कोष संकलन गरिरहेका छन्।

बुढा मगरले नेपाल सरकारले दृष्टिविहीन र दुवै खुट्टा नभएका व्यक्तिहरूलाई हिमाल चढ्न लगाएको प्रतिबन्ध हटाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!