रेडिङ चुम्लुङ्गद्धारा मृगौला पीडितलाई आर्थिक सहयोग

SHARE:

कृष्ण हेम्व्या
रेडिङ । दुवै मृगौला खराब भएपछि सेनिहाङ तुम्वाहाम्फेलाई जीवन रक्षाका लागि किरात याक्थुङ्ग चुम्लुङ्ग (वर्कशायर शाखा, रेडिङ) ले दुई लाख ७६ हजार २३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहयोग रकम शाखाका अध्यक्ष चुडाकर्ण थाम्सुहाङले ३ चैतका दिन बिमारीको निवासमा हस्तारण गरेका थिए ।

मोरङ जिल्ला साविक गढी गाविस हाल मिक्लाजुङ—२ टाँडीका सेनिहाङको दुवै मिर्गौला फेल भई उपचारको लागि समस्या भएपछि उनका बाबु अमरबहादुर तुम्वाहाम्फेले आफ्ना एकमात्र छोराको उपचारका लागि देशविदेशका नेपालीहरुलाई आर्थिक सहयोगका लागि आव्हन गरेका थिए ।

सेनिहाङको उपचार सहयोगको लागि आर्थिक संकलन कार्यक्रमको संयोजन केवाइसी युके रेडिङ थामेन्दिङका उपाध्यक्ष अमृता केरुङ्ग र सहकोषाध्यक्ष प्रिति लिंगदेन, सरस्वती नेयङ, टीका पेगा तथा वेदहाङ लौतीलगायतको सक्रियतामा सम्पन्न भएको थियो । शाखाका सदस्य र गैर सदस्यगरी जम्मा १०९ जना मनकारीहरुले सहयोग गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!