बेलायतमा क्यूओजीएलआरका भूपू लाहुरेहरु बने नेपाली ड्राइभिङ इक्जामिनर

SHARE:

लन्डन २१ जनवरी २०२६ । बेलायतमा क्यूओजीएलआरका भूपू लाहुरेहरु नेपाली ड्राइभिङ इक्जामिनर बनेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०२६ को आगमन सँगसँगै क्यूओजीएलआरका भूपू गोर्खाज् (डिफेन्स ड्राइभिङ इक्जामिनर) हरुले सिभिल क्षेत्रमा कारको ड्राइभिङ टेस्ट लिन सुरु गरेका हुन् । ड्राइभिङ इन्स्ट्रक्टरहरु क्रमश: मेख थापा, दिपेन्द्र याक्सो, मनि गुरुङ र शम्शेर वनेम रहेका छन् । उनीहरु केही वर्षअगाडी ब्रिटिस आर्मीबाट सिनियर पदमा अवकाश भई एमओडीमा नै कार्यरत छन् ।

बेलायतमा विगत कोरोनाकालको कारण ड्राइभिङ टेस्ट दिने मानिसहरुको चाप बढ्दै गएको र उक्त समस्यालाई सहज गराउन धेरैभन्दा धेरैले ड्राइभिङ टेस्ट दिन पाउनका लागि डीभीएसएले यो कदम चालेको उनीहरु बताउँछन् । थापा, याक्सो र गुरुङले फार्नबोरो ड्राइभिङ टेस्ट सेन्टरमा टेस्ट लिन्छन् भने शमसेर वनेमले गिल्फोर्ड ड्राइभिङ टेस्ट सेन्टरमा टेस्ट लिनेछन् ।

डिफेन्सिभ ड्राइभिङ इक्जामिनरका म्यानेजिङ डाइरेक्टर रिटायर्ड स्टाफ सार्जन्ट बसन्त गुरुङ एक्सक्यूओजीएलआर छन् । बेलायतमा नेपाली ड्राइभिङ इक्जामिनर बन्ने सम्भवत: उनीहरु पहिलो हुन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!