Welcome to Lwang Village

SHARE:

नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित कास्की जिल्लाको ल्वाङ गाउँ प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र सामुदायिक एकताको उत्कृष्ट उदाहरणका रूपमा परिचित छ। माछापुच्छ्रे हिमश्रृंखलाको काखमा अवस्थित यस गाउँले हिमाल, हरियाली डाँडाकाँडा तथा गुरुङ (तमु) समुदायको संस्कार र जीवनशैलीलाई एकै साथ अनुभूति गराउँछ।
आगामी (15 February 2026) फाल्गुन ३ गते, घोताने/घोण्डे गुरुङ (तमु) समाज युके, हङकङ तथा नेपालले संयुक्त रूपमा ल्वाङ गाउँमा संस्थागत भ्रमण गर्ने भएको छ। यस भ्रमणको उद्देश्य पर्यटन प्रवर्द्धन गर्नुका साथै सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको छ। विदेशमा रहे पनि मातृभूमिप्रतिको माया, गाउँप्रतिको उत्तरदायित्व र संस्कृतिप्रतिको सम्मानका कारण प्रत्येक वर्ष देश विदेशबाट हजारौँ पाहुना तथा विभिन्न संस्थाहरू ल्वाङ गाउँ भ्रमणका लागि आउने गरेका छन्।
ल्वाङ गाउँ सामुदायिक होमस्टे कार्यक्रमका कारण पनि विशेष रूपमा चर्चित छ। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले परम्परागत गुरुङ परिकार, सांस्कृतिक नृत्य, स्थानीय जीवनशैली र आत्मीय आतिथ्यको प्रत्यक्ष अनुभव गर्न पाउँछन्। होमस्टे कार्यक्रमले स्थानीय बासिन्दालाई रोजगारीको अवसर, आत्मनिर्भरता र गाउँमै बस्न प्रेरणा प्रदान गरेको छ।
यस प्रकारका कार्यक्रम र भ्रमणहरूले गाउँमा पर्यटन विकास मात्र होइन, सांस्कृतिक संरक्षण, युवा पुस्तामा पहिचानप्रतिको चेतना र अन्तर्राष्ट्रिय स्तरमा ल्वाङ गाउँको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। “हाम्रो लक्ष्य गाउँ–गाउँमा पर्यटन विकास र प्रवर्द्धन गरौँ” भन्ने नाराले ल्वाङको भविष्यलाई अझ उज्यालो बनाउने विश्वास दिलाउँछ।
ल्वाङ गाउँ केवल भ्रमण गर्ने स्थान मात्र नभई शान्ति, अपनत्व र नेपाली पहिचान अनुभूति गर्ने गन्तव्य हो। प्रकृतिको काखमा संस्कृति जोगाउँदै निरन्तर अघि बढिरहेको ल्वाङ आजको नेपालका लागि प्रेरणाको स्रोत बनेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!