ल्वाङ गाउँमा क्वोने–घोताने मार्ग बन्ने

SHARE:

कास्की, एस के , फाल्गुन  ३ गते, २०८२ (१५ फेब्रुअरी २०२६) का दिन ल्वाङ गाउँ मा क्वोने, घोताने/घोण्डे गुरुङ (तमु) समाज युके,  हङकङ र नेपाल को संयुक्त आयोजनामा संस्थागत भ्रमण सम्पन्न भएको छ। उक्त भ्रमणका क्रममा क्वोने, घोताने/घोण्डे गुरुङ (तमु) समाज युके र ल्वाङ गाउँ सामुदायिक होमस्टे को सहकार्यमा गाउँको शिरानामा अवस्थित प्ल्याने बराह मन्दिरसम्म पुग्ने करिब २०० मिटर लम्बाइको “क्वोने–घोताने मार्ग” निर्माण गर्ने महत्वपूर्ण निर्णय गरिएको छ। यो मार्ग सहारा युके को सहयोगमा निर्माण गरिएको “Lwang Village” बोर्डबाट सुरु भई मन्दिर परिसर सम्म जोडिनेछ।

भ्रमण टोली फाल्गुन ३ गते बिहान धम्पुस हुँदै ल्वाङ गाउँ आइपुगेको थियो, जहाँ गाउँलेहरूले नौमती बाजा, फूलमाला तथा परम्परागत स्वागत सत्कारमार्फत भव्य अभिनन्दन गरेका थिए। सोही साँझ सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोह सम्पन्न गरिएको थियो।

भोलिपल्ट बिहान सूर्योदयसँगै क्षेताक्यु मन्दिर दर्शन,  सहारा युकेद्वारा निर्मित “Lwang Village” बोर्ड अवलोकन, बुद्ध भगवानको दर्शन ,चिया बगान को अबलोकन  तथा गाउँभित्र विस्तृत भ्रमण कार्यक्रम गरिएको थियो।

उक्त भ्रमण दलमा संस्थाका अध्यक्ष कुमार गुरुङ र मिना गुरुङ, चेलिबेटी प्रमुख श्रीमती लीना गुरुङ/लछिन गुरुङ, उपाध्यक्ष राम गुरुङ तथा श्रीमती मिना गुरुङ, संरक्षक क्याप्टेन जीवन गुरुङ, चेलिबेटी सचिव श्रीमती ध्रुब गुरुङ/बिनोद गुरुङ, कमल गुरुङ (उपाध्यक्ष, तमु धि युके), श्रीमती माया गुरुङ (संस्थापक अध्यक्ष, मर्दीखोला आमा समूह तथा तमु समाज युके आमा समूह), गोलमान गुरुङ (अध्यक्ष, गुरुङ समाज केन्ट), कृष्ण गुरुङ (निवर्तमान अध्यक्ष, सहारा युके), लेफ्टिनेन्ट कुसाङ गुरुङ/श्रीमती पञ्च गुरुङ (पूर्व अध्यक्ष, सहारा युके), चन्द्र बहादुर गुरुङ (अध्यक्ष, कोल्मा बाहकोट समाज यूके), श्रीमती कविता गुरुङ, श्रीमती रूपा गुरुङ, चन्द्रमान गुरुङ (लम परिवार यूके सल्लाहकार), राम गुरुङ, श्रीमती दुर्गा गुरुङ, श्रीमती असमाया गुरुङ, श्रीमती निर्मला गुरुङ, श्रीमती भक्ति गुरुङ, टेक बहादुर गुरुङ, श्रीमती बसन्त गुरुङ, श्रीमती जौ माया गुरुङ तथा श्रीमती मानदेवी गुरुङ लगायतका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विदेशमा रहेर पनि मातृभूमि, गाउँ र संस्कृतिप्रतिको गहिरो लगावका कारण प्रत्येक वर्ष देश–विदेशबाट हजारौँ पाहुना ल्वाङ गाउँ भ्रमणमा आउने गरेका छन्। विशेषगरी सामुदायिक होमस्टे कार्यक्रममार्फत गुरुङ परम्परा, सांस्कृतिक नृत्य, स्थानीय परिकार र आत्मीय आतिथ्यको अनुभव लिन पाउने भएकाले यस गाउँको पर्यटन पहिचान निरन्तर सुदृढ हुँदै गएको छ।

यसै सन्दर्भमा “गाउँ–गाउँमा पर्यटन विकास र प्रवर्द्धन गरौँ” भन्ने लक्ष्यलाई मूर्त रूप दिन क्वोने–घोताने मार्ग निर्माणले धार्मिक तथा ग्रामीण पर्यटन विस्तारमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!