समातिए फरार अभियुक्त दीपक मनाङे

SHARE:


काठमाडौं । फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । मनाङबाट प्रदेशभासभा सदस्यमा निर्वाचित उनलाई बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।

राजीव, रेशम चौधरीलाई पक्राउ गर्न प्रहरी सफल भए पनि एमालेबाट सांसद बनेका पूर्वडिआईजी नवराज सिलवाललाई भने उन्मुक्ति दिइएको छ । प्रहरीमा बढुवाका लागि पेस गरेको डकुमेन्ट किर्तेको आरोपमा सिलवालमाथि पक्राउ पुर्जी जारी भए पनि उनी अचेल निस्फीक्री संघीय संसद् भवनमा ओहोरदोहोर गरिरहेका छन् । सिलवाल ललितपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् हुन् ।

२०७५ वैशाख ६ गते

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!