लन्डन ३ मार्च २०२६ । बेलायतका नेपालीमाझ सबैभन्दा चर्चित मानिने गोर्खा कपको २४औँ संस्करण आगामी मे २४ तारिखमा हुने भएको छ ।
फुटबल प्रतियोगता अल्डरसटस्थित क्वीन्स इभिन्यू फुटबल मैदानमा हुने आयोजक आयोजक तमु धीं युकेले जनाएको छ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङका अनुसार प्रतियोगिताका लागि आइतबार ५ अप्रिलदेखि फुटबल टिम दर्ता र ट्रेडिङ तथा स्टल बुकिङ सुरु भएर मे ३ मा बन्द हुने छ ।
प्रतियोगितामा मेन, भेट्रान र महिला टिमबीच प्रतिस्पर्धा गराइँदै आएको छ । यस्तै मुख्य टिम, भेट्रान, लेडिज टिमको विजेता, उपविजेता, उत्कृष्ट खेलाडी, टप स्कोरर, वेस्ट प्लेयर, डान्सरले पनि आकर्षक पुरस्कार पाउनेछन् ।
गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछ ।
२३औँ गोर्खा कप मेनतर्फ नेपाली ड्रिम, भेटेरानतर्फ हिमालयन र महिलातर्फ रन्डर बोल्टले उपाधि जितेका थिए ।


