जीआरएनसी यूकेले ७ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने

SHARE:

सोमबार, २ फेब्रुअरी २०२६ । ग्रेटर रसमोर नेपाली कम्युनिटी (GRNC) ले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस ऐतिहासिक रूपमा बेलायतको स्थानीय निकाय, रसमोर बरो काउन्सिलसँगको संयुक्त सहकार्यमा आयोजना गर्ने भएको छ।

आगामी ७ मार्च २०२६, शनिबारका दिन आल्डरसटस्थित ‘द प्यालेस’ (The Palace) मा आयोजना हुने यस कार्यक्रमको तयारीका लागि सोमबार अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा कार्यसमिति र ट्रस्टीहरूको बैठक सम्पन्न भयो। सचिव प्रजेष श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त बैठकमा कार्यक्रमको व्यवस्थापन र पछिल्लो तयारीबारे छलफल गरिएको थियो।

विगतमा काउन्सिललाई अतिथिका रूपमा मात्र निमन्त्रणा गरिने भए तापनि यसपटक काउन्सिलर सोफी पोर्टरको विशेष प्रस्तावमा काउन्सिल आफैंले सहकार्य गर्ने निर्णय गरेको हो। संस्था स्थापनाको दुई दशकपछि पहिलो पटक महिला अध्यक्ष चयन भएको गौरवमय अवसरमा प्राप्त यो साथलाई समुदायले ठूलो उपलब्धिका रूपमा लिएको छ। कार्यक्रममा मेयर कालुम स्टुअर्ट (Calum Stewart) प्रमुख अतिथि र सांसद एलेक्स बेकर (Alex Baker, MP) विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ।

यस वर्षको कार्यक्रम विशेष समावेशी रहनेछ, जहाँ मुस्लिम र अश्वेत समुदायका साथै युवा पुस्ताको सक्रिय सहभागिता रहनेछ। कार्यक्रममा मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल सुरक्षा र अपराध न्यूनीकरण जस्ता महत्वपूर्ण विषयमा प्रस्तुतिहरू दिइनेछ। साथै, बालबालिकाका लागि विविध खेलकुद, सांस्कृतिक नृत्य, गीत-संगीत र राफल ड्र जस्ता आकर्षणहरू समावेश गरिएका छन्।

कार्यक्रम संयोजक अनिता राई र सह-संयोजक सुशीला थापाका अनुसार GRNC ले समयपालन (English Time) लाई विशेष प्राथमिकता दिनेछ। खादा-माला र उद्घोषणमा समय खर्च नगरी व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गरिनेछ। आयोजकले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई तोकिएको समय (बिहान ११:०० देखि दिउँसो ४:०० बजेसम्म) उपस्थित भई कार्यक्रम सफल बनाइदिन हार्दिक अनुरोध गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!