काठमाडौं । नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक हुने क्रममा रास्वपाले अग्रता कायम गरेको छ । शनिबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार रास्वपाले १६ ठाउँमा जित हासिल गरेको छ । कांग्रेस ५, नेकपा २ र एमाले १ स्थानमा विजयी भएको छ ।
बिहीबार १ सय ६५ निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा भएको मतदानमा केही क्षेत्रबाहेक गणना भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतगणना भइरहेका क्षेत्रमध्ये १०१ ठाउँमा रास्वपा अगाडि रहेको छ ।
यस प्रकार छन् दलगत निर्वाचित परिणाम
रास्वपा
१ .सन्तोष राजवंशी (मोरङ-४)
२.रन्जु न्यौपाने (काठमाडौं-१)
३.राजुनाथ पाण्डे (काठमाडौं-३)
४.सस्मित पोखरेल (काठमाडौं-५)
५.शिशिर खनाल (काठमाडौं-६)
६.गणेश पराजुली (काठमाडौं-७)
७.विराजभक्त श्रेष्ठ (काठमाडौं-८)
८.प्रदीप विष्ट (काठमाडौं-१०)
९.उत्तमप्रसाद पौडेल (कास्की-२)
१०.बिना गुरुङ (कास्की-३)
११.मनिष झा (धनुषा-३)
१२.सुरेशकुमार चौधरी (बाँके–१)
१३.डोलप्रसाद अर्याल (डिपि अर्याल) (काठमाडौं-९)
१४.रुबिना आचार्य (मोरङ-६)
१५. पुकार बम (काठमाडौं-४)
१६.कन्हैया बनिया (रुपन्देही-४)
कांग्रेस
१.मोहन आचार्य (रसुवा-१)
२.टेकबहादुर गुरुङ (मनाङ-१)
३.योहगेश गौचन थकाली (मुस्ताङ-१)
४.बासना थापा (दैलेख-१)
५.सन्तोष सुब्वा (तेह्रथुम-१)
नेकपा
१.पुष्पकमल दाहाल (रुकुम पूर्व-१)
२.महेन्द्रबहादुर शाही (कालिकोट-१)
एमाले
१.मोहम्मद इश्त्यिाक राई (बाँके २)






