काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ५६ क्षेत्रमा विजयी भएको छ । शनिबार साँझ ५:३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म ७१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले नौ क्षेत्रमा जित हासिल गरेको छ भने नौ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले तीन स्थानमा विजयी हुँदा नौ स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म दुई उम्मेदवार विजयी हुनुभएको छ भने छ स्थानमा अग्रता लिएका छन् । यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा विजयी हुनुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा हुनुहुन्छ ।
सोविता गौतम (चितवन ३)
सन्तोष राजवंशी (मोरङ-४)
रुबिना आचार्य (मोरङ-६)
मनिष झा (धनुषा-३)
प्रमोदकुमार महतो (महोत्तरी-१)
अरबिन्द साह (बारा-३)
रहवर अन्सारी (बारा-४)
बुद्धिप्रसाद पन्त (पर्सा-१)
बुद्धरत्न महर्जन (ललितपुर-१)
रुकेश रन्जित (भक्तपुर-१)
रन्जु न्यौपाने (काठमाडौं-१)
सुनिल केसी (काठमाडौं-२)
राजुनाथ पाण्डे (काठमाडौं-३)
पुकार बम (काठमाडौं-४)
सस्मित पोखरेल (काठमाडौं-५)
शिशिर खनाल (काठमाडौं-६)
गणेश पराजुली (काठमाडौं-७)
विराजभक्त श्रेष्ठ (काठमाडौं-८)
डोलप्रसाद अर्याल (काठमाडौं-९)
प्रदीप विष्ट (काठमाडौं-१०)
रवि लामिछाने (चितवन-२)
धनन्जय रेग्मी (स्याङ्जा-१)
उत्तमप्रसाद पौडेल (कास्की-२)
बिना गुरुङ (कास्की-३)
वदनकुमार भण्डारी (काभ्रे-२)
सागर भुसाल (पर्वत-१)
सुशील खड्का (बागलुङ-१)
सोम शर्मा (बागलुङ-२)
सुलभ खरेल (रुपन्देही-२)
डा.लेखजंग थापा (रुपन्देही-३)
कन्हैया बनिया (रुपन्देही-४)
सुरेशकुमार चौधरी (बाँके-१)
खगेन्द्र सुनार (बाँके-३)
कोमल ज्ञवाली (कैलाली-१)
नीतिमा भण्डारी कार्की (सर्लाही-१)
विपिनकुमार आचार्य (दाङ-२)
तोशिमा कार्की (ललितपुर-३)






