रोल्पामा नेकपाका उम्मेदवार वर्षमान पुन निर्वाचित

SHARE:

काठमाडौँ । नेकपाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुन फराकिलो मतान्तरसहित रोल्पाबाट विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत शनिबार साँझ सार्वजनिक मत परिणामअनुसार पुनले १५ हजार ४५२ मतान्तरले प्रमुख प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा सुदनकुमार वलीलाई पछि पारेर विजयी बनेका हुन्। पुनले २७ हजार ४६० र वलीले १२ हजार ८ मत ल्याएका छन्। सबै खसेको मत ६८ हजार ७७६ मध्ये ३ हजार १४४ मत बदर भएको छ।

तेस्रोस्थानमा रास्वपाका उम्मेदवार बालाराम थापा र चौथोमा एमालेका गोकुल घर्ती छन् । थापाले १० हजार ८ सय ९४ र घर्तीले ९ हजार ९३३ मत पाएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!