मगर समुदायबाट पाँच जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित

SHARE:

काठमाडौं । नेपालमा गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट मगर समुदायबाट पाँच जना निर्वाचित भएका छन् ।

एक स्वतन्त्रसहित विभिन्न दलबाट उम्मेदवारहरु निर्वाचित भएका हुन् । शनिबार सार्वजनिक मत परिणामअनुसार नेकपाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुन फराकिलो मतान्तरसहित रोल्पाबाट विजयी भएका छन् । उनले १५ हजार ४५२ मतान्तरले प्रमुख प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा सुदनकुमार वलीलाई पछि पारेका हुन् । पुनले २७ हजार ४६० र वलीले १२ हजार ८ मत ल्याएका छन् । पुन रोल्पाबाट प्रतिनिधिसभामा तीन पटक निर्वाचित भएका हुन्। उनी पूर्वअर्थ, ऊर्जा, पुनर्निर्माणमन्त्री समेत हुन् ।

रास्वपाबाट उम्मेदवारी दिएकी पूर्वउपसभामुख इन्दिरा रानामगर झापा २ बाट निर्वाचित भएकी छन् । उनले एमाले उम्मेदवार देवराज घिमिरेलाई ४८ हजार ७ सय ४२ मतान्तरले हराएकी हुन् । रानामगरले ६० हजार १ सय १० मत प्राप्त गर्दा घिमिरेले ११ हजार ३ सय ६८ मत ल्याएका छन् । दुवै जना विघटित प्रतिनिधिसभामा सभामुख र उपसभामुख थिए ।

म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरले विजयी भएका छन्। पुनले एमालेका हरिकृष्ण श्रेष्ठलाई तेब्बर बढी मतान्तरले पराजित गरेका हुन् । पुनले २२ हजार ८ सय ५० मत पाउँदा श्रेष्ठले ७ हजार ९ सय १९ मत पाए ।

पाल्पा क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना १८ हजार ३ सय ३६ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण आचार्यलाई १ हजार ५ सय १७ मतले पछि पार्दै राना विजयी भएका हुन् ।

यस्तै डोल्पामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा ६ हजार ८ सय २ मत ल्याएर बुढा विजयी भएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायसँग १ हजार ४ सय ६ मतान्तरले विजयी भएका हुन् ।

पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका उम्मेदवार रोकाय ५ हजार ३ सय ९६ मत ल्याएर पराजित भएका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले २ हजार ९ सय ४७ मत प्राप्त गरेर तेस्रो भएका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!