निर्वाचनमा प्राप्त सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बेलायतको बधाई

SHARE:

लन्डन । नेपालमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बेलायतले बधाई दिएको छ ।

नेपालको राजधानीमा काठमाडौंमा रहेको बेलायती दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस ऐतिहासिक निर्वाचनमा सफलता प्राप्त गरेकोमा बेलायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई ज्ञापन गर्दछ।’ बेलायतले नयाँ सरकार गठनपछि नेपालसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ ।

दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै ‘१०० वर्षको मित्रता’ निर्माण गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता पनि दूतावासले व्यक्त गरेको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा सबभन्दा ठूलो दल बनेको छ। उक्त पार्टीले १६५ सिटको प्रत्यक्षतर्फ १२५ मा जित हासिल गरेको छ । समानुपातिकतर्फ पनि ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!