लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महिला उपाध्यक्षमा राधिका (टिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छन् ।
आगामी आइतबार हुने निर्वाचनका लागि बुधबार सम्पन्न मनोनयन दर्तामा महिला उपाध्यक्षमा टिकाको मात्रै उम्मेदवारी परेको हो । तर औपचारिक घोषणा भने हुन बाँकी छ ।
झण्डै दुई दशकदेखि एनआरएनए अभियानमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी गुरूङ करिब ३० वर्षदेखि हङकङ मा बसोबास गर्दै आएकी छन्। उनी त्यहाँ व्यवसाय तथा सामाजिक गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आएकी छन्।
गुरूङ एनआरएनए हङकङ मा दुई कार्यकाल अध्यक्ष भइसकेकी छन् भने गैरआवासीय नेपाली संघ को एसिया–प्यासिफिक संयोजक को जिम्मेवारी पनि सम्हालिसकेकी छन्। हाल उनी एनआरएनएको दोस्रो कार्यकालका लागि सचिव पदमा कार्यरत छिन्।
अध्यक्ष पदका लागि डा. हेमराज शर्मा (यूके), रविन बज्राचार्य (अमेरिका) र रविन शेरचन (जापान) ले उम्मेदवारी दिएका छन् । छ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ।
एनआरएनएको १२ औँ महाधिवेशन काठमाडौंमा हुँदैछ ।






