लन्डन । मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुने एनआरएनएको १२औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि ६० जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदका लागि यूकेबाट डा. हेमराज शर्मा, अमेरिकाबाट रविनराज बज्राचार्य र जापानबाट रविन शेरचनसहित ६० जनाले उम्मेदवारी दिएका हुन् । छ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ। केही पदमा एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले बुधबार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न समय तोकेको थियो ।









