काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंग्याएको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याबारे जानकारी गराएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । आफ्नो दलले पाएको सिटअनुसार उम्मेदवार सिफारिस गर्न आयोगले बिहीबार नै दलहरुलाई पत्राचार गरेको जनाएको छ ।







