लन्डन १४ मार्च २०२६ । पाँचथर समाज सेवा यूकेद्वारा बर्सेनि आयोजना गर्दै ल्याएको पाँचथर कप फुटबल प्रतियोगिता सरेको छ ।
केही प्राविधिक कारणले प्रतियोगिता ९ मे लाई सारिएको खेल संयोजक देउमान लावतीले एभरेष्ट टाईम्सलाई जानकारी दिए । यसअघि मे २ का लागि उक्त फूटबल प्रतियोगिता तय गरिएको थियो ।
यस पालीको खेल समूह विगतका जस्तै मेन टीम र भेट्रान समूह खेलाउने निर्णयको ओरडिनेसन मिटिङले पारित गरेको छ । लन्डनस्थित फेल्थाम खेल मैदानमा सम्पन्न हुने खेल सफलतापूर्वक सम्पन्न गर्नका लागि पहिलो पूर्वतयारी बैठक बसेको छ । खेल संयोजक लावतीले मिटिङ सन्चालन गरेका थिए ।
अध्यक्ष नगेन्द्र नेम्बाङको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्षहरु खुशी लिम्बु,लाहाङ चेम्जोङ, गेहेन्द्र थाम्सुहाङ कोषाध्यक्ष शिखर लिम्बु, खेल संयोजक देउमान लावती, सहसंयोजक प्रताप तामाङको उपस्थिति रहेको थियो ।






