फोटो- जमुना पुन र नानु राना।
शनिबार, १४ मार्च २०२६ – बेलायत। मगर संघ युके, युनाइटेड हाम्सयर, सरे र बर्कशायर (UHSB) शाखाका महिलाहरूले बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी सपोर्ट कलेजमा ‘लेडिज रमझम च्यारिटी साँझ’ भव्यताका साथ मनाएका छन्।
रमझम साँझमा रसमोअर बरो काउन्सिल आसपासका क्षेत्रबाट उपस्थित महिलाहरूले कार्यक्रममा भरपुर मनोरञ्जन लिएका थिए।
उक्त कार्यक्रम सुरक्षा सम्बन्धी जानकारी, आसन ग्रहण, स्वागत मन्तव्य, दीप प्रज्वलन र नेपाली राष्ट्रिय गानका साथ सुरु भएको थियो। सुरक्षा सम्बन्धी जानकारी संस्थाकी मञ्जु राना मगरले दिनुभएको थियो भने स्वागत मन्तव्य फूलमती थापा मगरले राख्नुभएको थियो।
त्यसैगरी, संस्थाका अध्यक्ष नानु राना मगर, प्रमुख अतिथि मगर महिला संघ युकेका अध्यक्ष सरला राना मगर संस्थाका, पूर्व अध्यक्षहरू छविमाया पुन मगर, पदमा थापा मगर, भीम धेगा मगर, धना रोका पुन मगर तथा सल्लाहकारहरू शान्ति कुँवर मगर र जमुना पुन मगरले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
औपचारिक सत्रको समापनपछि सांस्कृतिक ‘रमझम साँझ’ सुरु भएको थियो। कार्यक्रमको संयोजन पार्वती थापा मगरले गर्नुभएको थियो भने सुकमाया आले मगर, बिना थापा मगर र विष्णु थापा मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमलाई सफल बनाउन डिजे हेम विष्टले संगीतमा साथ दिनुभएको थियो भने प्राथमिक उपचार र टिकट व्यवस्थापनमा शाखाका अध्यक्ष वीर बलल, उपाध्यक्ष गणेश बुढाथोकी, सचिव धन दर्लामी मगर र राजीना थापा मगरले सहयोग पुर्याउनुभएको थियो।
त्यसैगरी, फोटोग्राफीमा राम लिम्बू र खानपिन व्यवस्थापनमा शिला थापा मगरको सक्रिय सहयोग रहेको थियो।
अध्यक्ष नानु राना मगरले ‘लेडिज रमझम साँझ’लाई सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने कार्यसमिति, आर्थिक सहयोग गर्ने चन्दादाता र उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, उहाँले यस कार्यक्रमबाट संकलित मुनाफा रकम परोपकारी कार्यमा खर्च गरिने वाचा समेत गर्नुभएको छ।
रमझम साँझमा ग्रेटर रसमर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलुंग मावो आर शिब कल्चर मंदिरका उपाध्यक्ष सुषमा गुरुंग लगायत धेरैको उपस्थिति रहको थियो













