बेलायत निवासी व्यवसायी कमल गुरुङको चिनियाँ ‘बेजिङस्टोक ओरिएन्टल मार्ट’ सञ्चालनको १ वर्ष पूरा

SHARE:

लन्डन । समाजसेवी एवं सफल युवा व्यवसायी कमल गुरुङले बेलायतको बेजिङस्टोकमा सञ्चालनमा ल्याएको चिनियाँ ‘बेजिङस्टोक ओरिएन्टल मार्ट’ ले १ वर्ष पूरा गरेको छ ।

तमु धीं यूकेको उपाध्यक्षसमेत रहेका गुरुङले गत वर्षदेखि सुरु गरेको दोस्रो ओरेन्टियल मार्टले आइतबार १ वर्ष पूरा गरेको हो । आफ्नो व्यवसायले वर्ष दिन सफलतापूर्वक पार गरेकोमा गुरुङले ग्राहक महानुभावहरूप्रति हार्दिक कृतज्ञता र कर्मचारीलाई धन्यवाद प्रकट गरेका छन् ।

‘Basingstoke मा Basingstoke Oriental Mark सेवा सुरु गरेको आज एक वर्ष पूरा भएछ । यो सुखद् अवसरमा हामी हाम्रा आदरणीय ग्राहक महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं, जसको विश्वास र मायाले हामीलाई यहाँसम्म ल्याएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘साथै, आफ्नो मेहनत र लगनशीलताका साथ अहोरात्र खट्ने हाम्रा कर्मचारी साथीहरूलाई पनि धेरै धेरै धन्यवाद । यहाँहरूको साथ र सहयोगबिना यो यात्रा सम्भव थिएन ।’

व्यवसायी कमलले आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेको उल्लेख गरेका छन् ।

बेसिङस्टोक शहरको केन्द्रमा रहेको द मल्समा खुलेको पसलको गत वर्ष भव्य समारोहबीच उद्घाटन गरिएको थियो । मार्टमा खाद्यान्नका उत्कृष्ट र स्वादिष्ट उत्पादन तथा ताजा तरकारीहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको सञ्चालक गुरुङले जनाए ।

‘बेजिङस्टोक ओरिएन्टल मार्ट’ले वर्ष दिन पार गरेकोमा एनआरएनए यूकेकी पूर्वअध्यक्ष एवं समाजसेवी पुनम गुरुङले सञ्चालक कमल गुरुङलगायत टिमलाई बधाई दिँदै आउँदा धेरै वर्षको सफलताको शुभकामना समेत दिएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!