एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठक : युद्धबाट प्रभावित नेपालीहरूको तत्काल उद्धारमा खटिने

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक १८ मार्चमा बसेको छ । संघका अध्यक्ष डा हेमराज शर्माको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले वैदेशिक रोजगारी कल्याणकारी कोषलाई विस्तार गर्दै यस कार्यकालमा १० करोड पुर्‍याउनेलगायत निर्णय गरेको छ ।

यस्ता निर्णयहरु

• वैदेशिक रोजगारी कल्याणकारी कोषलाई विस्तार गर्दै यस कार्यकालमा १० करोड पुर्‍याउने। यसका लागि आजकै बैठकबाट रु १ करोड संकलन भइसकेको छ।
• सदस्य शुल्कको १ डलर समेत सोही कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। यसबाट थप करिब रु १ करोड जम्मा हुनेछ।
• युद्धका कारण समस्यामा परेका नेपालीहरूको तत्काल उद्धारमा खटिने।
• प्रत्येक NCC मा दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक नियुक्त गर्ने तथा उनीहरूले संघमा तिर्नुपर्ने लेभी निःशुल्क गर्ने।
• ICC का पदाधिकारीहरूले राजनीतिक दल वा भ्रातृ संगठनका पदबाट राजीनामा दिने, सामाजिक सञ्जालमा राजनीतिक दलका गतिविधि शेयर नगर्ने, व्यक्तिगत गालीगलौज नगर्ने प्रतिबद्धता पत्रमा सबै पदाधिकारीहरूले हस्ताक्षर गरेका छन्।

यस कार्यकालका योजनाहरू तर्जुमा गर्न बैठक भोलि र पर्सि पनि जारी रहने अध्यक्ष शर्माले जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!