भावी रोडम्याप तयार पार्न काडमाडौंमा एनआरएनएको नवनिर्वाचित कार्यसमितिको बैठक

SHARE:

काठमाडौं १९ मार्च २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक काठमाडौं चलिरहेको छ ।

दुई दिनदेखि जारी बैठकमा संघको भावी रोडम्याप तयार पार्ने विषयमा छलफल भइरहेको उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिएकी छन् । ‘एनआरएनए आईसीसी नवनिर्वाचित कार्यसमितिको पहिलो औपचारिक परिचयात्मक बैठक हिजो (बुधबार) सम्पन्न भयो। आज 114th Face-to-Face & Extended Meeting जारी रहेको छ, जहाँ आगामी कार्ययोजना, भविष्यको रोडम्याप तथा Non-Resident Nepali समुदायका हितका विषयमा गहन छलफल भइरहेको छ,’ उपाध्यक्ष राईले भनिन् ।

संघका अध्यक्ष डा हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको बैठकले वैदेशिक रोजगारी कल्याणकारी कोषलाई विस्तार गर्दै यस कार्यकालमा १० करोड पुर्‍याउनेलगायत निर्णय गरेको थियो ।

• वैदेशिक रोजगारी कल्याणकारी कोषलाई विस्तार गर्दै यस कार्यकालमा १० करोड पुर्‍याउने। यसका लागि आजकै बैठकबाट रु १ करोड संकलन भइसकेको छ।
• सदस्य शुल्कको १ डलर समेत सोही कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। यसबाट थप करिब रु १ करोड जम्मा हुनेछ।
• युद्धका कारण समस्यामा परेका नेपालीहरूको तत्काल उद्धारमा खटिने ।
• प्रत्येक NCC मा दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक नियुक्त गर्ने तथा उनीहरूले संघमा तिर्नुपर्ने लेभी निःशुल्क गर्ने।
• ICC का पदाधिकारीहरूले राजनीतिक दल वा भ्रातृ संगठनका पदबाट राजीनामा दिने, सामाजिक सञ्जालमा राजनीतिक दलका गतिविधि शेयर नगर्ने, व्यक्तिगत गालीगलौज नगर्ने प्रतिबद्धता पत्रमा सबै पदाधिकारीहरूले हस्ताक्षर गरेका छन्।

बैठक भोलिसम्म जारी रहने छ । बैठकमा नेपालमा उपलब्ध कार्यकारिणी सदस्यहरू काठमाडौंमा प्रत्यक्ष सहभागी छन् भने अन्य सदस्य जुममार्फत सहभागी रहेको प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!