अमेरिका–जापान ऊर्जा सहकार्य विस्तार

SHARE:

वासिङ्टन । संयुक्त राज्य अमेरिका र जापानबीच ऊर्जा, पूर्वाधार र रणनीतिक खनिज क्षेत्रमा सहकार्य तीव्र बनाउने दिशामा ठूलो लगानी घोषणासहित नयाँ अध्याय सुरु भएको छ । वासिङ्टनमा दुई देशका नेताहरूबीच भएको भेटवार्तापछि टेनेसी र अलाबामामा आणविक रिएक्टर निर्माणका लागि ४० अर्ब डलरको परियोजना सार्वजनिक गरिएको हो ।

यो सहकार्य गत वर्ष टोकियोले वासिङ्टनसँगको नयाँ व्यापार समझदारीअन्तर्गत सन् २०२९ सम्म पाँच खर्ब ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएपछि थप गतिशील बनेको हो । सोही पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री साने ताकाइचीबीच विस्तृत छलफल भएको जनाइएको छ ।

दुवै देशले विशेषगरी साना मोड्युलर रिएक्टर (एसएमआर) प्रविधिमा जोड दिएका छन् । यसलाई भविष्यको स्थिर र भरपर्दो ऊर्जा स्रोतका रूपमा हेरिएको छ । बिहीबार जारी संयुक्त वक्तव्यअनुसार पेन्सिलभेनिया र टेक्सासमा प्राकृतिक ग्यासमा आधारित ऊर्जा उत्पादन संरचनामा थप ३३ अर्ब डलर लगानी गरिनेछ ।

यसअघि फेब्रुअरीमै घोषणा गरिएको नयाँ लगानी कोषअन्तर्गत तीन ठूला पूर्वाधार परियोजनामा ३६ अर्ब डलर खर्च गर्ने प्रतिबद्धता गरिएको थियो । यसलाई अहिले थप विस्तार गरिएको देखिन्छ । ताजा योजनाले दुई देशको आर्थिक वृद्धिलाई गति दिने र ऊर्जा सुरक्षालाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

संयुक्त वक्तव्यमा यी परियोजनाले अमेरिका–जापान गठबन्धनलाई नयाँ उचाइमा पुर्‍याउने उल्लेख गर्दै यसलाई ‘नयाँ स्वर्ण युग’ तर्फको आधारका रूपमा व्याख्या गरिएको छ । जीई भर्नोभा हिटाचीद्वारा विकास गरिएका एसएमआरहरूले विद्युत् मूल्य स्थिर बनाउन सहयोग गर्ने र विश्वव्यापी प्रविधि प्रतिस्पर्धामा दुवै देशको अग्रता सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!