काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको वरिष्ठ उपाध्यक्षमा दिल (डिलबहादुर) गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
नेफिनको चैत ५ देखि ८ गतेसम्म भएको ११ औं राष्ट्रिय महाधिवेशनबाट गुरुङ वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत भएका हुने । गुरुङ तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् उपाध्यक्ष, नेपाल तमू विद्यार्थी छोंज धींका पूर्वअध्यक्ष हुन् ।
गुरुङ नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री सीता गुरुङका श्रीमान् हुन् ।
नेफिनमा निमा लामा ह्योल्मोको नेतृत्वमा आइतबार नयाँ कार्यसमिति चयन भएको छ ।






