मगर संघ यूके युएचएसबी शाखाको वार्षिक साधारणसभा सम्पन्न

SHARE:

बेलायत २२ मार्च २०२६ । मगर संघ युके, युनाइटेड ह्याम्पशायर, सरे एण्ड बर्कशायर (UHSB) शाखाको वार्षिक साधारणसभा बेलायतको फार्नबोरोस्थित मगर भवनमा भव्यताका साथ सम्पन्न भएको छ।

आइतबार २२ मार्च २०२६ मा आयोजित उक्त सभाको समुद्घाटन शाखाका अध्यक्ष वीर बलाल मगर र ज्येष्ठ नागरिक एवं सल्लाहकार क्याप्टेन वीर बहादुर गाहा थापा मगरले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो। कार्यक्रमको प्रारम्भमा सुरक्षा सम्बन्धी जानकारी दिइनुका साथै संस्थाका दिवंगत सदस्यहरूको स्मृतिमा दुई मिनेट मौन धारण गरिएको थियो ।

सभाको दोस्रो चरणमा विभिन्न विभागका प्रतिवेदनहरू प्रस्तुत गरिए। सचिव धन बहादुर दर्लामी मगरले संस्थागत प्रतिवेदन, महिला विभागकी उपाध्यक्ष पार्वती थापा मगरले महिला विभागको प्रतिवेदन र युवा विभागकी अध्यक्ष बिपना थापा मगरले युवा विभागको प्रतिवेदन पेश गर्नुभयो।

आर्थिक पारदर्शिताका लागि कोषाध्यक्ष गोप सिङ्जाली मगर, महिला कोषाध्यक्ष रोजिना थापा मगर र युवा अध्यक्ष बिपना थापा मगरले क्रमशः संस्था, महिला र युवा विभागको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

यस्तै, ट्रष्टीका तर्फबाट क्याप्टेन तम बहादुर धेगा मगर र विधानका सम्बन्धमा पूर्वअध्यक्ष लेख राना मगरले प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रस्तुत सम्पूर्ण प्रतिवेदनहरूमाथि गहन छलफल पश्चात सभाले सर्वसम्मत रूपमा पारित गरेको छ।

विशेष सन्दर्भमा, मगर संघ युकेका सचिव एवं रसमोर बरो काउन्सिल, चेरीउड वडाका काउन्सिलर उम्मेदवार अनिल थापा मगरले आगामी मे महिनामा हुने निर्वाचनमा सहयोगका लागि अपिल गर्नुभयो। अध्यक्ष वीर बलाल मगर लगायत उपस्थित सम्पूर्णले उहाँको उम्मेदवारीप्रति ऐक्यबद्धता जनाउँदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शाखा अध्यक्ष वीर बलाल मगरको अध्यक्षतामा सम्पन्न उक्त सभामा मगर संघ युकेका उपाध्यक्ष गुमान सिंह थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उपाध्यक्ष गणेश बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव धन बहादुर दर्लामी मगरले गर्नुभएको थियो।

सभामा मगर संघ युकेका पूर्वअध्यक्षहरू दुत पुन मगर र नेम थापा मगर, शाखाका पूर्वअध्यक्ष ऋषिराम राना मगर, उपाध्यक्ष नरेश थापा मगर, महिला पूर्वअध्यक्षहरू छबि माया पुन मगर र पदम थापा मगरका साथै सल्लाहकारहरू र सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

तस्बिर : एभरेस्ट टाइम्स । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!