हामी एक हौँ [कविता]

SHARE:

लक्ष्मण सञ्याल
हामी एक हौँ।
भन्नेहरूले त दुई भन्छन्,
देख्नेहरूले झन् अलग–अलग देख्छन्,
हामी एक हौँ।
निदाउँदा सँगै निदाउँछन्,
बिउँझँदा सँगै बिउँझिन्छन्।
एउटै वस्तुलाई उस्तै देख्छन्,
उस्तै वस्तुलाई एउटै देख्छन्।
एउटालाई दुःख्दा अर्को रसाउँछ,
एउटाको खुशीमा अर्को मुस्कुराउँछ।
न एक बढी, न त एक कम,
न एकमा ईर्ष्या, न अर्कोमा अहम्।
मनका भावहरू सँगै लुकाउँछन्,
मनका बहावहरू सँगै फुकाउँछन्।
सधैं सँगै रहन पाउनु
सायद भाग्यको कुरा होला,
तर सधैंका लागि सँगै निदाउन पाउनु
त्यही त प्रेम हो।
प्रिय,
हामी हाम्रो प्रेमको
तिमी एउटा आँखा हौ,
म अर्को।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!