‘फेमिना मिस इन्डिया २०२६’ प्रतियोगितामा पासाङ डेकी शेर्पाले सिक्किमको प्रतिनिधित्व गर्ने

SHARE:

काठमाडौं । पासाङ डेकी शेर्पा (दिकिला शेर्पा) ले यस वर्षको ‘फेमिना मिस इन्डिया २०२६’ प्रतियोगितामा सिक्किम राज्यको प्रतिनिधित्व गर्ने भएकी छन्।

६१औँ संस्करणको यो प्रतिष्ठित सौन्दर्य प्रतियोगिता आगामी अप्रिल १८ मा भारतको ओडिशा राज्यको भुवनेश्वरमा आयोजना हुँदैछ। मिस इन्डिया अर्गनाइजेसनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रतिस्पर्धीहरूको सूचीमा दिकिलाको नाम सिक्किम प्रतिनिधिका रूपमा समावेश गरिएको छ। प्रतियोगिताको तयारीका लागि उनलाई ‘सिक्किम ग्ल्यामर वर्ल्ड’ ले प्रशिक्षण र मार्गदर्शन गरिरहेको छ।

पासाङ डेकी शेर्पा नाम भए पनि उनी दिकिला शेर्पाका रूपमा बढी परिचित छिन्। उनले सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जित्दै आफ्नो प्रतिभा र सम्भावना देखाइसकेकी थिइन्।

दिकिला भारतीय टेलिभिजन रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ मार्फत व्यापक रूपमा चर्चामा आएकी हुन्। हाल उनले नेपाली फिल्म क्षेत्रमा पनि प्रवेश गरिसकेकी छन्। बुद्धि तामाङ निर्देशित फिल्म ‘कुस्ती’ मार्फत उनले डेब्यू गरेकी हुन्, जुन प्रदर्शनको तयारीमा छ।

यसअघि उनी रोहित अधिकारीको ‘माइतीघर’ फिल्ममा देखिने चर्चा भए पनि उक्त परियोजनाबाट बाहिरिएपछि ‘कुस्ती’ मा आबद्ध भएकी थिइन्।

त्यसैगरी, उनले अभिनय गरेको एकदेव लिम्बुको गीत ‘झिमझिमाउने आँखा’ अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बनेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!