कान्छी गुरुङको नयाँ गीत ‘सम्झना बाबाआमाको’ सार्वजनिक

SHARE:

काठमाडौं । चर्चित गायिका कान्छी गुरुङको नयाँ गीत “सम्झना बाबाआमाको” सार्वजनिक भएको छ ।

कान्छीकै शब्द, लय, स्वर र संगीत रहेको उक्त म्युजिक भिडियो आइतबार कान्छी गुरुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । बुबा–आमाको सम्झनामा समर्पित यो गीतको भिडियो निर्देशन सागर बिरहीले गरेका छन् भने सिनेमाटोग्राफर सुरेश श्रेष्ठ, भिडियो सम्पादन र कलर अमर शाक्यले गरेका छन् ।

निर्मला आचार्य मेकअप कलाकारको रूपमा संलग्न छिन् ।

सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा गीतले व्यापक प्रतिक्रिया पाएको कान्छी गुरुङले बताएकी छन् । उनका अनुसार, ‘यो गीत मेरो आफ्ना बाबुआमाको सम्झनामा तयार पारिएको हो । गीत सुन्ने सबै श्रोताहरूले आफ्ना प्रियजनको सम्झना गर्न सकुन् भन्ने मेरो आशा छ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!