परदेशिएको एक वर्ष [कविता]

SHARE:

  • च्याङ्बा कोला कवि

देशमै बसौं
केही गरौं
भन्ने सोच विचार
कस्को नहोला र ?
देश छोडेको सबैलाई
देशको माया नभएको हुँदैन
सबैको मनमा
हुँदा हुँदा पनि
देशको अवस्था र
राजनीतिले गति नफेरे पछि
युवशक्ति दिन प्रतिदिन
अमूल्य जीवनलाई
बाजी राखेर
बध्यतालाई रहर बनाएर
केही रहर
याम्बुको गल्लीमै विलिन भए
केही रहर खुम्च्याएर
केही रहर पूरा गर्ने
सपना बोकेर
परिवार, साथीभाइ, अफान्त
संस्कार, संस्कृति र
देशलाई मनमा सजाएर
परदेशिएको लर्कोमा
गौचरणको विमानस्थललाई
मूलढोका बनाएर परदेशिँदा
जान्छु भन्न पनि नसक्ने
परिवारले जाउ भनेर
भन्न पनि नसक्ने समय
आज एक वर्ष भइसके छ
त्यो दिन
त्यो बेला
एक्लै-एक्लैको यात्रा
कसो होला
के होला भनेर
पिरको कोतुहलता
मनभरी बयली खेल्दै
हजारौं कोष दूर हुँदै
चुनौतीसँग सामना गर्दा
भन्थेँ समय एकनास हुँदैन
हो क्यारे
यहीँ समय
हिजो देश छोड्दाको पिडामा थियो
अहिले देश फर्किनँ
पाउने केही थान खुसीले
पिडालाई मनको
कुनाको छेउमा धकेल्दै
खुसीलाई मनको माझमा
ल्याउने जमर्को गर्दै छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!