लक्जेम्बर्ग । गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नयाँ कार्यसमिति गठन गरिएको छ।
दुर्गा थापाको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो । अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा युद्ध थापालाई चयन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले नवगठित समितिले लक्जेम्बर्गस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले महिलाको नेतृत्व र दोस्रो पुस्ताको सहभागितालाई विशेष रूपमा सराहना गरे ।
कार्यक्रममा निवर्तमान तथा पूर्व पदाधिकारीहरू र विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।






