रोयल बरो अफ ग्रिन्विच नेप्लिज सोसाइटीले बेलायतमा नयाँ वर्ष शुभकामना साँझ आयोजना गर्दै

SHARE:

लन्डन । रोयल बरो अफ ग्रिन्विच नेप्लिज सोसाइटी (आरजीएनएस) ले बेलायतमा नयाँ वर्ष शुभकामना साँझ आयोजना गर्ने भएको छ ।

५ अप्रिल २०२६ का दिन उलविचस्थित सेन्ट जर्ज ग्यारिसन चर्चमा चर्चित लोक तथा दोहोरी गायिका निरा थापा मगरको सांगीतिक प्रस्तुतिसहित शुभकामना साँझ आयोजना गर्न लागेको आरबीजीएनएसका अध्यक्ष ह्यारी गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रम दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने छ ।

कार्यक्रममा स्थानीय कलाकारहरूसमेत सांगीतिक प्रस्तुति रहनेछ भने नेपाली खानाका परिकार,डीजे र राफल ड्रसमेत हुने उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगीता मगरले जानकारी दिइन् ।

कार्यक्रममा प्रवेश शुल्क १५ पाउन्ड तोकिएको छ ।

समाजका पूर्वअध्यक्ष, सल्लाहकार, समिति सदस्य, स्थानीय बासिन्दा तथा आसपासका क्षेत्रका नेपाली समुदायलाई परिवार र साथीभाइसँग सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरिएको छ । समाजका अध्यक्ष ह्यारी गुरुङले सबैलाई कार्यक्रममा सहभागी भई नयाँ वर्षसँगै शुभकामना साँझलाई भव्य रूपमा मनाउन अनुरोध गरेका छन् ।

गायिका निरा थापा मगरले पनि नयाँ वर्ष शुभकामना साँझ २०२६ मा आइदिन लन्डन उलवीचवासी दाजुभाइ, दिदीबहिनी र आफन्तजनलगायत सबैलाई हार्दिक निमन्त्रणा गरेकी छन् । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!