नेपालको गृहमन्त्री बने सुधन गुरुङ

SHARE:

काठमाडौं । नेपाल सरकारको गृहमन्मा सुदन गुरुङ नियुक्त भएका छन् । गोरखा १ बाट निर्वाचित गुरुङ शुक्रबार गृहमन्त्रीमा नियुक्त भएका हुन् । गुरुङले शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

गोरखा चुमनुव्री–३ सिर्दिवासका सुधन गुरुङ भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि चर्चामा आएका युवा हुन् । उनी गोरखा १ बाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट विजय भएका हुन् । गुरुङले कांग्रेसका प्रतिस्पर्धी प्रेम खत्रीलाई १४ हजार ४ सय ९८ मतले पराजित गरे । उनले २९ हजार ८ सय ९६ मत पाए । सुधनको बलियो प्रभावका कारण २०६४ यताका निर्वाचनमा गोरखा–१ मा वर्चस्व राख्दै आएको नेकपाका उम्मेदवार भने तेस्रो बने । नेकपाका हरिराज अधिकारीले ११ हजार १ सय २४ मत प्राप्त गरे भने एमालेका आरसी लामिछानेले ३ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच वार्ता गराउनेदेखि उज्यालो नेपालका कुलमान घिसिङलाई रास्वपामा प्रवेश गराउनेसम्मका काममा पनि सुधन सक्रिय देखिएका थिए । जेन–जी आन्दोलनअघि चुमनुव्री–३ सिर्दिवासस्थित नाग्चेतका गुरुङ ‘हामी नेपाली’ नामक संस्थामार्फत भूकम्पलगायत विभिन्न विपद्का घटनामा राहत र उद्धारको काममा सक्रिय रहँदै आएका थिए । जेन–जी आन्दोलनपछि भने उनी यही आन्दोलनका अगुवाका रूपमा देखा परे । त्यसपछि चुनावी सरकार बनाउनेदेखि आफू सहितको सक्रियतामा बनेको सरकारको आलोचना गर्नेसम्मका गतिविधिमा उनी सक्रिय देखिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!