२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाको खुसी र जीवनमा पहिलो पटक मादक पदार्थ पियको संझना

SHARE:

बिक्रम भट्टराई – बेलायत।

नेपालको राजनीतिमा नयाँ मोड ल्याउँदै युवा नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पदभार ग्रहण गरेसँगै म उत्साह र भावुकताको लहर छाएको छ। २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाको खुसी र जीवनमा पहिलो पटक मादक पदार्थ पियको संझना आएको छ। आजको यो गौरवमय क्षणलाई दाँज्दै यसलाई मैले नेपालको सुखद भविष्यको संकेतका रूपमा लिएका छन्।

यो परिवर्तनको जग बसाल्न र देशलाई आजको यो लयमा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको ‘अकल्पनीय त्याग’ र योगदानको सर्वत्र चर्चा भइरहेको छ। तर, यो खुसीसँगै प्रधानमन्त्री शाह र उनको टिमसामु पहाडसरी चुनौतीहरू पनि उभिएका छन्। हिजोको जस्तो जनतामा धैर्य गर्ने र पुनर्विचार गर्ने क्षमता न्यून रहेको अवस्थामा बाह्य शक्तिहरूको प्रभाव र आन्तरिक भौगोलिक जटिलतालाई चिर्दै अघि बढ्नु नयाँ सरकारको मुख्य कार्यभार रहने देखिन्छ।

अहिलेको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती भनेको ‘जातीय, क्षेत्रीय र धार्मिक’ साँघुरो घेरा हो। कुनै पनि व्यक्ति पदमा पुग्नुअघि नै उसलाई आफ्नो भूगोल वा समुदायको मात्र भनेर खुम्च्याउने प्रवृत्तिका विरुद्ध सचेत रहन विज्ञहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री बालेन शाह अब काठमाडौँको मात्र नभई हिमाल, पहाड र तराईका साझा प्रधानमन्त्री हुन्। उनी केपी शर्मा ओलीजस्ता विपक्षी नेताका पनि उत्तिकै प्रधानमन्त्री हुन् भन्ने कुरा उनको सचिवालय र समर्थकले बिर्सन हुँदैन।

मन्त्रिपरिषदमा समेटिएका युवा अनुहारहरू— गृहमा सुधन गुरुङ, अर्थमा स्वर्णीम वाग्ले र कानुनमा सोविता गौतम— प्रति जनताको अपेक्षा उच्च छ। उनीहरूलाई केवल भूगोल (तनहुँ वा काठमाडौँ) को प्रतिनिधि नभई मुगुको दुर्गम गाउँदेखि दार्चुलाको कुनासम्मको समस्या बुझ्ने र न्याय दिलाउने ‘राष्ट्रिय मन्त्री’ का रूपमा काम गर्न दबाब र सुझाव दिइएको छ। युवाहरूको जोशलाई जाँगरमा बदल्दै समृद्ध नेपाल निर्माणका लागि अब हरेक नेपालीले सकारात्मक सहयोग, सद्भाव र आवश्यकता परेको खण्डमा ‘खबरदारी’ गर्न जरुरी छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!