बेलायतमा नजिकिँदै २४औँ गोर्खा कप, ५ अप्रिलदेखि टिम इन्ट्री सुरु हुने तमु धीं यूकेको भनाइ

SHARE:

लन्डन २८ मार्च २०२६ । बेलायतमा चर्चित फुटबल प्रतियोगिता गोर्खा कपको २४औँ संस्करण नजिकिँदै छ । तमु धीं यूकेको आयोजनामा आगामी २४ मेमा क्वीन्स एभिन्यू अल्डरसटमा हुने प्रतियोगिताको टिम इन्ट्री ५ अप्रिलदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।

५ अप्रिल आइतबार टिम र स्टल इन्ट्री खुल्ने र ३ मे २०२६ मा दुवै इन्ट्री बन्द हुने छ । यो ‘फस्ट कम फस्ट सर्भड बेसीस’ मा हुनेछ । मेन टिम प्रवेश शुल्क ३५० पाउण्ड, पहिलो पुरस्कार ३५०० पाउण्ड र दोस्रो पुरस्कार २००० पाउण्ड एवं म्यान अफ द म्याचको आकर्षक पुरस्कार राखिने जनाइएको छ ।

त्यसैगरी, भेट्रान क्याटेगोरीको टिम इन्ट्री शुल्क ३५० पाउण्ड, प्रथम पुरस्कार १८०० पाउण्ड, दोश्रो पुरस्कार १२०० पाउण्ड र म्यान अफ द म्याचका लागि आकर्षक पुरस्कार दिइने तमुधिं यूकेले जनाएको छ ।

त्यस्तै महिला टिमको प्रवेश शुल्क ३०० पाउण्ड, प्रथम पुरस्कार ६०० पाउण्ड र दोश्रो पुरस्कार ४०० पाउण्ड निर्धारण गरिएको २४औँ गोर्खा कप कोअर्डिनेटर एवं खेलकुद सचिव क्याप्टेन (रि.) दीपक घलेले जानकारी गराएका छन् ।

गोर्खा कपको प्रवेश शुल्क ५ पाउण्ड, कार पार्क शुल्क ५ पाउण्ड एवं बस भ्यान पार्क शुल्क १० पाउण्ड राखिएको पनि सचिव गुरुङले जानकारी दिए ।

गोर्खा कप बेलायतस्थित नेपाली समुदायमाझ सबैभन्दा ठूलो र लोकप्रिय फुटबल उत्सवका रूपमा परिचित छ । यस खेल हेर्न बेलायतभरबाट हजारौं दर्शक सहभागी हुने गर्छन् । यो फुटबल प्रतियोगितामात्र नभई आपसी एकता, सद्भाव र स्थानीय समुदायबीच इन्ट्रीगेसन, व्यापार प्रवर्धन आदिका रुपमा समेत लिइन्छ । स्थानीय रसमोर काउन्सिलले गोर्खा कपलाई आफ्नो वार्षिक क्यालेन्डरमै राखेको छ ।

गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम, खाना, मौलिक भेषभूषा प्रदर्शनी पनि हुने गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!