बेलायतमा सक्रिय ‘सेभेन सिस्टर’बाट क्यान्सर रोगी निस्मा गुरुङ र गुम्बाको लागि १ लाख सहयोग

SHARE:

लन्डन ३० मार्च २०२६ । बेलायतमा सक्रिय ‘सेभेन सिस्टर’ले क्यान्सर रोगी निस्मा गुरुङ र गुरूङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र गुम्बाको लागि १ लाख सहयोग गरेका छन् ।

नेपालको स्याङ्जा जिल्ला निवासी राष्ट्रिय फुटबल खेलाडी जीवन गुरुङकी श्रीमती निस्मालाई जीवनको ५० हजार सहयोग पठाइएको आइतबार पार्वती गुरुङले जानकारी दिइन् । उनका अुनसार ब्लड क्यान्सर भई किमो थेरापी गर्दै गर्दा थप समस्या देखिएपछि फेदीखोलामा जन्मिएकी निस्माको बोनम्यारो ट्रान्सप्लानको तयारी गरिएको छ ।

‘हामी सेभेन सिस्टरको तर्फबाट पनि ५० हजार रुपैयाँ सहयोग गर्‍यौं । तपाईं/हाम्रो सत्यकर्मले हामी यहाँ छौं, कुनै कुराको आभव छैन । त्यसैले सकेको सहयोग गरौं,’ पार्वती गुरुङ ‘माइला’ले फेसबुकमा लेखेकी छन् । सेभेन सिस्टरले निस्मा गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

यस्तै काठमाडौंमा गुरूङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रको केन्द्रीय कार्यालय (गुम्बा) भवन निर्माणमा भूमिदान स्वरुप ५० हजार सहयोग गरिएको पनि उनले बताइन् । सहयोग रकम डीबीसी गुम्बाका अध्यक्ष चन्द्र गुरुङलाई हस्तान्तरण गरिएको जनाइन् । अध्यक्ष चन्द्र गुरुङले लामा बौद्ध धर्म समाजको लागि बेलायतमा सहयोग संकलन गरिरहेका छन् ।

समाजले काठमाडौं बुढानीलकण्ठ–८ भंगालमा जग्गा खरिद र भवन बनाउने प्रक्रिया अगाडि बढाएको छ । समाजले आह्वान गरेपश्चात् बेलायत, नेपालसहित विभिन्न देशमा बसोबास गर्ने व्यक्ति तथा संस्थाले निरन्तर सहयोग गरिरहेको जनाएको छ ।

निस्मालाई सहयोग गरेकोबारे जानकारी दिन लाइभ गर्दै गर्दा स्वीन्डन निवासी समाजसेवी रामराज मल्ल र रितु मल्लबाट ३१ पाउन्ड, ओईलिंग निवासी रोश्नी  कंसाकार र स्वागत कंसाकारबाट १५ पाउन्ड, लन्डन निवासी रिता भट्टचनले १५ पाउन्ड, बेजिङस्टोक निवासी अमृत गुरुङ र निसा गुरुङले ५५ पाउन्ड सहयोग पठाएको पनि उनले बताइन् ।

सेभेन सिस्टरको समूहमा तीनजना कमला गुरुङ, विष्णु गुरुङ, तारा गुरुङ, लक्ष्मी गुरुङ र पार्वती गुरुङ छन् । उक्त समूहले बेलायतमा हुने विभिन्न मेला, महोसत्वमा काक्रो, चिया, सुन्तला, माछाजस्ता सानोतिनो व्यापार गरेर भएको आम्दानी कोषमा जम्मा गरेर पीडित र विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् ।

सेभेन सिस्टरले केही साता अघि बेलायतको संसद् भवनमा आयोजित ग्रीनवीच एन्ड ब्रेक्स्ली नेप्लिज कम्युनिटीको कार्यक्रममा सम्मानपत्र प्राप्त गरेका थिए । उक्त कार्यक्रमको संयोजन ग्रीनवीचका पूर्वमेयर काउन्सिलर जीत रानाभाटले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!