लन्डनमा १२औँ वार्षिक शैक्षिक सम्मेलन सम्पन्न, राजदूतलगायत कसले के भने ?

SHARE:

लन्डन । लन्डनमा १२औँ वार्षिक शैक्षिक सम्मेलन सम्पन्न भएको छ ।

नेपाली नर्सिङ एसोसिएसन यूकेले शनिबार लन्डनस्थित ह्यारो बरो फुटबल क्लबमा सम्मेलन गरेको हो ।

नेपाली दूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीले यस्ता कार्यक्रमले विदेशमा नेपालीको पहिचान गराउनुका साथै नेपालीहरू परिश्रमी छन् भन्ने पनि देखाउने बताए ।

लुइसम एण्ड ग्रीनवीच ट्रष्टकी क्लिनिकल स्पेसियालिस्ट नर्स सुशीला कार्कीले करिअर पाथवे सत्र प्रस्तुत गरेकी थिइन् भने एडभान्स्ड क्रिटिकल केयर प्राक्टिसनर प्रसुना कँडेलले मानसिक स्वास्थ्य, कल्याण र नर्सिङमा लचकता विषयमा प्रस्तुति दिएकी थिइन् ।

बकिङ्घमशायर न्यू युनिभर्सिटीकी नर्सिङ विभाग प्रमुख गीता लामिछानेले व्यावसायिक तथा शैक्षिक कोर्सका अवसरहरूबारे जानकारी दिइन्।

एनएमसीका रेगुलेसन एडभाइजर (स्कटल्याण्ड) डेभिड टेलरले ‘फिटनेस टु प्राक्टिस’सत्र सञ्चालन गरेका थिए भने हडर्सफिल्ड युनिभर्सिटीकी नर्सिङ रिडर डा. विभा सिम्खडाले नेपालमा नर्सिङको भविष्य र राष्ट्रिय सीपीडी फ्रेमवर्कको परिचय दिएकी थिइन्।

सम्मेलनका क्रममा सहभागीहरूले नेपालकी नवनिर्वाचित स्वास्थ्य मन्त्री निशा मेहतालाई बधाई दिए । नर्सिङ्ग पृष्ठभूमिकी मन्त्री नियुक्तिको खबरलाई नर्सिङ समुदायले ठूलो उत्साहका साथ स्वागत गर्दै उनीहरुले नेपालको स्वास्थ्य प्रणालीमा नर्स उच्च पदमा पुग्नु निकै महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा एनएनए यूकेका गतिविधिहरूबारे वेलफेयर कोअर्डिनेटर बिनु लामिछानेले प्रस्तुति दिएकी थिइन्। “नर्सिङ वर्कफोर्स च्यालेन्जः माइग्रेसन, रिटेन्सन र व्यावसायिक मान्यता” विषयक प्यानल छलफलमा कल्पना गिरी, भिनिस थोमस, सृजना कोइराला, सुमन श्रेष्ठ, रश्मिता दर्लामी र राजेन्द्र पुडासैनी सहभागी थिए ।

कार्यक्रममा महासचिव श्रीजा डंगोलले सुरक्षा ब्रिफिङ र उपाध्यक्ष इन्दिरा बस्यालले स्वागत मन्तव्य दिएकी थिइन् ।

एसोसिएसनकी अध्यक्ष रश्मिता दर्लामीले समापन मन्तव्यमा सबै वक्ता, सहभागी, प्रायोजक र साझेदारहरूलाई धन्यवाद दिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!