लन्डन । नेपाली नयाँ वर्ष २०८३ मा आधा दर्जन चर्चित गुरुङ कलाकारहरु हङकङ जाने भएका छन् ।
दिप फिल्मस प्रडक्सन ग्रुप प्राइभेट लिमिटेडले ब्लु ओसन रेस्टुरेन्ट जोर्डनमा आयोजना गर्ने नयाँ वर्ष २०८३ सांगीतिक कार्यक्रममा धमकेदार प्रस्तुति दिन गायक/गायिका, मोडल/डान्सरलगायत हङकङमा जान लागेका हुन् । कार्यक्रम आउँदो अप्रिल १२ मा आइतबार हुने छ ।
कार्यक्रमका लागि निर्देशक दिप गुरुङ, भिनेता सुरज तमु, गायिका पवित्र गुरुङ, नायिका एवं डान्सरहरु लक्ष्मी गुरुङ, दिपशिखा गुरुङ र सुस्मिता गुरुङ छन् । साथमा गायक ताथ संगीतकार आशीष रायमाझी कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ ।
सांगीतिक कार्यक्रममा उपस्थित भई सांगीतिक आनन्दसँगै नयाँ वर्ष मनाउँदै कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिन आयोजकले अनुरोध गरेका छन् ।






