बेलायतबाट दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि हालसम्म क-कसले गरे सहयोग ? [नामावली]

SHARE:

लन्डन १ अप्रिल २०२६ । नेपालको तनहुँमा हुने दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि बेलायतका विभिन्न समाजसेवीले आर्थिक सहयोग पठाएका छन् ।

आगामी २०८३ वैशाख ४ र ५ गते तनहुँको रिसिङ गाउँपालिका–१, झापुटारमा आयोजना हुने “दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३” का लागि ५ हजार देखि ५० हजार रुपैयाँसम्म सहयोग गरेका हुन् । सहयोग आउनेक्रम जारी रहेको आयोजकले जनाएको छ ।

सहयोगले सम्मेलनको तयारी तथा व्यवस्थापनमा महत्वपूर्ण टेवा पुगेको आयोजक समितिले जनाएको छ। मगर समुदायको मौलिक कला, संस्कृति र कौराहा परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस सम्मेलनलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ । आयोजकले सहयोगदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहयोग र साथ प्राप्त हुने अपेक्षा गरेको छ ।

सम्मेलन नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजना, राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपाल, नेपाल मगर संघ जिल्ला समन्वयन समिति तनहुँको सहआयोजकमा हुँदै छ ।

सम्मेलनको व्यवस्थापन भने नेपाल मगर सांस्कृतिक संघ गण्डकी प्रदेश, नेपाल मगर संघ तनहुँ-काठमाडौं सम्पर्क समिति, नेपाल सांस्कृतिक संघ जिल्ला कार्यसमित तनहुँले गर्नेछन् ।

आर्थिक संकलन गर्नको लागि मगर मगर संघ यूकेकी पूर्वउपाध्यक्ष अनिता राना मगर र मगर संघ युके स्विन्दन शाखाका पुर्व अध्यक्ष कुमार राना मगरलाई युकेको संयोजकको जिम्मेवारी दीइएको छ।

हालसम्मका दाताहरु

  1. मगर मगर संघ यूकेकी पूर्वउपाध्यक्ष तथा युके संयोजक अनिता राना मगर र कुमार राना मगर ज्युबाट ५०,०००/- (पचास हजार रुपैयाँ)
  2. बेजिङस्टोक सेरोफेरो लाङ्घाली समाज यूकेका अध्यक्ष बल थापा मगर ५०,०००/- (पचास हजार रुपैयाँ)
  3. मगर मगर संघ यूके रेडिङ शाखाका पूर्वअध्यक्ष पहलसिङ थापा मगर ५०,०००/-
  4. घिरिङ गाउँपालिका ३, हाल यूकेवासी मोहन बिर थापा मगर ५०,०००/-
  5. मगर संघ यूके यूएचएसबी शाखाका पूर्वअध्यक्ष लेख राना मगर २५,०००/- (पच्चीस हजार रुपैयाँ)
  6. ब्यास १४ केशबटार तनहुँ, हाल यूकेवासी यान्का आले मगर र लालीसरा आले मगर २५,०००/- (पच्चीस हजार रुपैयाँ)
  7. केशवाटार समाज यूकेका अध्यक्ष रूक बहादुर आले मगर र पुष्पा आले मगर २५,०००/- (पच्चीस हजार रुपैयाँ)
  8. रेडिङ मगर महिला संघ शाखा यूकेका अध्यक्ष गनिसरा थापा मगर, हेम थापा मगर २५,०००/- (पच्चीस हजार रुपैयाँ)
  9. करादी २ देबघाट तनहुँ हाल यूकेवासी नरजित थापा मगर र रितु थापा मगर २५,०००/- (पच्चीस हजार रुपैयाँ)
  10. तनहुँ समाज यूकेका महासचिव महेन्द्र आले मगर र सुष्मा आले मगर २५,०००/- (पच्चीस हजार रुपैयाँ)
  11. मगर संघ यूकेका अध्यक्ष लाल पुन मगर १०,०००/- (दश हजार रुपैयाँ)
  12. बन्दिपुर ५ कल्चोक,तनहुँ निवासी हाल यूकेवासी गायक पवन राना मगर १०,०००/- (दश हजार रुपैयाँ)
  13. राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान यूके शाखाका अध्यक्ष नायक/गायक मनसुधन थापा मगर १०,०००/- (दश हजार रुपैयाँ)
  14. भिमाद नगरपालिका ५ मिछुरलुंगवासी हाल यूके निवासी रोशन आले मगर र होमीसरा आले ५,०००/-

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!