बेलायतको विन्चेस्टरमा ४ अप्रिलमा प्रदर्शन हुँदै ‘मिलारेपा’ नाटक

SHARE:

लन्डन १ अप्रिल २०२६। बेलायतको विन्चेस्टरमा ‘मिलारेपा’ नाटक अन्तिम पटक ४ अप्रिलमा प्रदर्शन हुँदै छ ।

बुद्धिष्ट कम्युनिटी सेन्टरु (बीसीसी) यूके गुम्बाको संयोजनमा कवि कफी विन्चेस्टरमा मिलारेपा मञ्चन हुन लागेको हो । नाटक प्रदर्शन साँझ ५ बजेदेखि हुने पञ्च तामाङले बताइन् ।

मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित ऐतिहासिक नाटक ‘मिलारेपा’यसअघि साउथ ईष्ट लन्डन, अल्डरसटमा मञ्चन भएको थयो ।

नाटक नेपाल–तिब्बत सीमावर्ती क्षेत्र क्याङ्त्सामा जन्मिएका महान् योगी तथा कवि जेत्सुन मिलारेपाको जीवनकथामा आधारित छ । कालो तान्त्रिक साधनामा संलग्न एक भड्किएको युवाबाट गुरु मार्पा लोचावाको मार्गदर्शनमा कठोर साधना गर्दै आत्मज्ञान प्राप्त गर्ने साधकसम्मको उनको जीवनयात्रा यस नाटकको मुख्य विषयवस्तु हो । यसले मानव जीवनमा परिवर्तन सम्भव छ भन्ने सन्देशलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी रूपमा प्रस्तुत गर्दछ ।

मण्डला थिएटर नेपालको विशेष प्रस्तुति रहेको उक्त नाटक चाङ ङोन हेरुकको लेखन, बुद्धि तामाङ र उमेश तामाङको निर्देशन रहेको छ । त्यस्तै, रुपेश लामा, रमिला मोक्तान, विकास लामालगायतका कलाकारको जोडदार अभिनय छ । साथै, आनी छोइङ डोल्माको स्वरसहितको परम्परागत संगीत प्रस्तुत रहेको छ, जसको संगीत संयोजन सुदीप खतिवडाले गरेका हुन् ।

त्यस्तै, ‘मिलारेपा’ नाटक बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई, सर्वसाधारण दर्शकहरूका लागि पनि जीवनको यथार्थ सत्य, धर्मको मर्म, लोभ–क्रोध–अहंकारबाट मुक्त हुने मार्ग तथा आत्ममन्थनको गहिरो अवसर प्रदान गर्नेछ र मिलारेपाको त्याग, पश्चात्ताप र कठोर साधनाले दर्शकलाई आफ्नै जीवनमाथि पुनः सोच्न प्रेरित गर्ने विश्वास आयोजकको रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!