लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ तमु समाज यूकेको ११ औं वार्षिक साधारणसभा आगामी अप्रिल २६ तारिखमा हुने भएको छ ।
समाजका अध्यक्ष कुमार गुरुङले २६ अप्रिल आइतबार साधारणसभा हुने जानकारी दिएका हुन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा बिहान ११ बजेदेखि हुने छ ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ तमु समाज यूके दाजुभाइहरु (भाइखलकहरु) तथा दिदीबहिनीहरु (चेलीबेटीहरु)लाई उपस्थितिका लागि अध्यक्ष कुमार गुरुङले अनुरोध गरेका छन् ।






