काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भूपू गोर्खाहरूको नेपाली नागरिकता कायम राखेर नागरिकको दर्जामा राख्न माग गरेका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै सांसद राईले उक्त माग अघि सारेका हुन् । उनले भने, ‘नेपाल सरकारले गरेको सन्धिमार्फत गएका भूपू गोर्खाहरूलाई नागरिकता कायम राखेर नागरिकको दर्जामा राख्न सरकारले नीति बनाओस् ।’
सांसद राईले बेलायतमा समान पेन्सनका लागि लामो समयदेखि संघर्षरत भूपू गोर्खाको पूरा गर्न सरकारले तत्काल आवश्यक पहल थाल्नुपर्ने माग राखे । ‘भूपू गोर्खा सैनिकको समान पेन्सनका लागि सरकारले आवश्यक सबै पहल गरोस्,’ राईको माग थियो ।






