काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङले सोफामा सुतेको फोटो सार्वजनिक गर्दै जनताभन्दा माथि सरकार नहुने बताएका छन् ।
कार्यालयभित्रै सुतेको जस्तो देखिने फोटो उनले शुक्रबार फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’
गृहमन्त्री बनेलगत्तै उनी काममा सक्रिय देखिन्छन् । जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा कारबाही सिफारिस भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रदेश सांसद रेखा शर्मा, व्यवसायी दिपक भट्टलगायतलाई पक्राउ गरेपछि उनी चर्चामा छन् ।
बिहीबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानल निरीक्षण गरेका छन् । उनले नागरिकलाई दु:ख नदिइ काम गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।






