मगर संघ युके ‘ब्रन्ज’ लिन ग्यारिजन अफिसर मेस अल्डरसटमा

SHARE:

४ अप्रिल २०२६ – बेलायत । मगर संघ युकेका पदाधिकारी तथा सदस्यहरू ‘ब्रन्ज’ (Brunch) ग्रहण गर्नका लागि अल्डरसटस्थित ग्यारिजन अफिसर मेसमा पुगेका छन्। संघका सल्लाहकार मेजर सुरेश थापा मगरको विशेष निमन्त्रणामा उक्त ब्रन्ज लिन संघको टोली त्यहाँ पुगेको हो।

ब्रन्ज ग्रहण गरेपछि आयोजित एक संक्षिप्त औपचारिक कार्यक्रममा मगर संघ युकेका अध्यक्ष पुन मगरले मेजर सुरेश थापा मगर र उनकी धर्मपत्नीलाई खादा, पुष्पगुच्छा तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो। अनिल थापा मगरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा मगर संघ युकेका पूर्वअध्यक्ष डा. दूत पुन मगर (चिम्खोले काइँला), संरक्षकद्वय घन थापा मगर र कृष्ण थापा मगरको समेत विशेष उपस्थिति रहेको थियो।

उक्त अवसरमा संघका उपाध्यक्ष गुमानसिंह थापा मगर, सचिव अनिल थापा मगर, कोषाध्यक्ष मोहन थापा मगर, ट्रस्टीहरू क्याप्टेन दुर्गा राम्जाली मगर, जमुना पुन मगर र छविमाया पुन मगर सहभागी हुनुहुन्थ्यो। त्यसै गरी युएचएसबी (UHSB) शाखाका अध्यक्ष बिल बलाल मगर, केन्ट शाखाका अध्यक्ष मेजर प्रेम आले मगरलगायत करिब दुई दर्जन सदस्यहरूको उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!