नेपालको प्रतिनिधिसभा सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

SHARE:

काठमाडौँ ५ अप्रिल २०२६। नेपालको प्रतिनिधिसभा सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा एक मात्र उम्मेदवारी परेकोले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख पदका लागि सोही दलका सांसद अर्यालको नाम प्रस्ताव गरेका थिए । प्रस्तुत प्रस्तावको अर्थमन्त्री डा स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, भौतिक, पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।

अर्थमन्त्री वाग्लेले २०४७ सालदेखिका सभामुख दमननाथ ढुङ्गानादेखि हालसम्मका सभामुखको भूमिका र योगदानलाई स्मरण गर्दै संसदलाई जीवन्त र सन्तुलित बनाउन अब निर्वाचिन हुने सभामुख अर्यालले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्याल काठमाडौं-९ बाट निर्वाचित भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!