काठमाडौं । नेपाल सरकारले अब हप्तामा शनिबार र आइतबार बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले खाडी युद्धले पेट्रालियम पदार्थ आपूर्तिमा असहजता उत्पन्न भएपछि भोली सोमबार चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदाको निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले डिजेल तथा पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।
यस्तै बैठकले डिजिटल नेपाल ट्रान्सफमेसन प्रोजेक्टका लागि एसियाली बैंक र विश्व बैंकबाट प्रदान गर्ने ४० मिलियन अमेरिकन डलर र ५० मिलियन अमेरिकन डलर गरी ९० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गर्ने, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकर्त गर्ने लगायत निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।
आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ बाट सुरु गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।






