‘भूतपूर्व सैनिकले राष्ट्रको सेवा तथा शान्ति स्थापनामा पुर्‍याएको योगदान अविस्मरणीय’

SHARE:

दाङ । दाङको घोराहीमा भूतपूर्व नेपाली सैनिकको सम्मेलन सम्पन्न भएको छ । ज्वालादल गण घोराहीको आयोजनामा भरतपुरस्थित व्यारेकमा भूतपूर्व सैनिक सम्मेलन–२०८२ सम्पन्न भएको हो ।

नेपाली सेना श्री नं १९ बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी दिवसराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सो अवसरमा सहायक रथी रेग्मीले भूतपूर्व सैनिकहरूले जीवनका उर्जाशील समयमा नेपाली सेना मार्फत राष्ट्रको सेवा तथा शान्ति स्थापनामा पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताउनुभयो । उहाँले सैनिकहरुले बगाउनुभएको पसीना र रगतको बलिदानले नै नेपाली सेनाको विशिष्ट पेशागत दक्षता एवं व्यावसायिक कार्यकुशलता राष्ट्रिय भूगोलभित्र मात्र नभएर अन्तरराष्ट्रिय समुदायमा प्रतिष्ठाको रुपमा स्थापित भएको बताउनुभयो ।

सो अवसरमा भूतपूर्व सैनिक तथा उनीहरुका परिवारका अपाङ्गता भएका सदस्यलाई अपाङ्ग सहायता सामग्री ह्वीलचियर तथा वैशाखी वितरण गरिएको थियो । सात भूतपूर्व नेपाली सेना तथा उनीहरुका परिवारका सदस्यलाई ह्वीलचियर र तीन जनालाई वैशाखी वितरण गरिएको थियो । ज्वालादल गण घोराहीका प्रमुख एवं सेनानी सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रममा दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, दाङका प्रहरी प्रमुख दीपककुमार श्रेष्ठलगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!