नेपालमा मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम, सुधन गुरुङलाई पाँचौमा झारियो [सूची]

SHARE:

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मन्त्रीहरुको वरीयताक्रम परिवर्तन गरेका हुन् । प्रधानमन्त्री शाहपछि अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत राखिएको छ । यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङलाई पाचौं नम्बरमा झारेर तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाललाई ल्याइएको छ ।

चौथौमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री विराजभक्त श्रेष्ठलाई ल्याइएको छ । पाँचौं वरीयतामा गृहमन्त्री गुरुङ र छैटौं नम्बरमा भौतक, पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, सातौं नम्बरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम रहेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!