ईरान र अमेरिकाबीच दुई हप्ताका लागि युद्धविराम

SHARE:

लन्डन । पाकिस्तानी मध्यस्थतापछि ईरान र अमेरिकाबीच दुई हप्ताका लागि युद्धविरामको सहमति बनेको छ ।

इरानलाई धम्की दिँदै ‘आज राति पूरै सभ्यता नष्ट हुनेछ’ भन्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको घातक आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्न सहमति जनाएका छन् । आफैले दिएको समयसीमा सकिनुअघि ट्रम्पले आफ्नो प्लेटफर्म ट्रुथ सोसलमार्फत निर्णय परिवर्तन गरेको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरसँग भएका कुराकानीका आधारमा आफूले योजना रोकेको ट्रम्पको भनाइ छ।

इरान हर्मुज क्षेत्र खोल्न तयार भएपछि आफूले पनि सहमति जनाएको उनको भनाइ छ।

ट्रम्पको यस्तो वक्तव्य आएको केही समयमै इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि अस्थायी सहमति भएको पुष्टि गरेका छन्। ‘यदि इरानमाथि आक्रमण रोकिए भने हाम्रा शक्तिशाली सशस्त्र बलहरूले आफ्ना रक्षात्मक कारबाहीहरू पनि रोक्नेछन्,’ अराघचीले लेखेका छन्, ‘आगामी दुई हप्तासम्म इरानको सेनासँग समन्वय गरेर होर्मुज जलडमरूमार्फत आवागमन सम्भव हुनेछ।’

यस्तै, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिकाबीच युद्धविराम सम्झौता भएको उल्लेख गरेका छन्। साथै यो सहमति ‘लेबनान र अन्य क्षेत्रहरू’मा पनि लागू हुने र तुरुन्त प्रभावमा आएको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!