बेलायतबाट नेपाल पुगेकी साहित्यकार लिम्बु फेदेनमा कविता सुनाउँदै

SHARE:

लन्डन । बेलायतबाट नेपाल पुगेकी साहित्यकार शान्ति लिम्बुले फेदेनमा कविता सुनाउने भएकी छन् ।

याक्थुङ लेखक संघको आयोजनामा यही चैत २८ मा पाँचथरको फेदेनस्थित होटल अजि:मामा साहित्यकार लिम्बुको एकल कविता वाचन हुन लागेको हो । उनले ‘थेम्सको लहरमा तमोरको स्पर्श’ शीर्षकमा कविता वाचन गर्नेछिन् ।

पाँचथर समाज सेवा यूकेकी पूर्वअध्यक्षसमेत रहेकी शान्तिले सम्पूर्ण स्रस्टाहरु एवं नेपाली साहित्यप्रेमीहरुमाझ आउँदो शनिबार पाँचथर, फेदेनमा आउने भन्दै समय मिलाएर भेट्न आग्रह गरेकी छन् ।
शान्तिको कस्तुरी यात्रा, चेरिशा, मिलीजुली र शान फुड कृति प्रकाशित छन् ।

३३ औं राष्ट्रिय कविता महोत्सवमा शान्तिको ‘थेम्स नदीको किनारै किनार’ शीर्षकको कविता दो्रो भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!