लन्डन । २४औँ गुरखा कप २०२६ का लागि टिम दर्ता प्रक्रिया आधिकारिक रूपमा बन्द भएको छ। आयोजक संस्थाका अनुसार यस वर्ष प्रतियोगितामा मुख्य (Main) विधातर्फ ३२ टोली र भेट्रान (Veteran) विधातर्फ १६ टोली सहभागी हुने निश्चित भएको छ।
आयोजकले प्रतियोगिताप्रति निरन्तर उत्साह र सहयोग प्रदान गर्ने सबै खेलाडी, टोली तथा समर्थकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनीहरूको सहभागिता र साथले हरेक वर्ष गुरखा कपलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ।
दर्ता गर्न नसकेका टोलीहरूलाई भएको असुविधाप्रति आयोजकले क्षमायाचना गर्दै सबैको समझदारीप्रति कृतज्ञता व्यक्त गरेको छ।
बहुप्रतीक्षित २४औँ गुरखा कप आगामी २४ मे २०२६ मा आयोजना हुने तय भएको छ। आयोजकले सो दिन खेलाडी, समर्थक तथा समुदायका सबै सदस्यहरूलाई उपस्थित भई प्रतियोगितालाई सफल बनाउन आह्वान गरेको छ।
यस वर्षको गोर्खा कपमा १६ भेटेरान टोलीहरूले भाग लिने भएका हुन् । उनले भेटेरानतर्फको आवेदन लिन बन्द भएको समेत बताए ।
टिम दर्ता यही अप्रिल ५ देखि सुरु गरिएको थियो ।






