नेपाली राजदूतावास लन्डनले १४ अप्रिलमा केमन आइल्यान्डमा घुम्ती शिविर सञ्चालन गर्ने

SHARE:

लन्डन । नेपाली राजदूतावास लन्डनले यही १४ अप्रिलमा केमन आइल्यान्डमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

केमन आइल्यान्डमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई सहज रूपमा कन्सुलर सेवा पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको शिविर जर्ज टाउनस्थित एल्म्सली मेमोरियल चर्चमा हुने दूतावासले जनाएको छ ।
दूतावासले विशेषगरी ३० अप्रिल २०२७ भित्र राहदानीको म्याद सकिने नागरिकहरूलाई यस अवसरको फाइदा उठाउँदै राहदानी नवीकरण गर्न आग्रह गरेको छ। शिविर बिहान ९ देखि बेलुका ५ बजेसम्म चल्नेछ ।

सेवा प्राप्त गर्न आवेदकहरूले अनिवार्य रूपमा अनलाइन फाराम भरी डाउनलोड गर्नुपर्ने र आवश्यक कागजातहरू दूतावासको इमेलमा पहिल्यै पठाउनुपर्ने प्रावधान राखिएको छ।

शिविरमा सहभागी हुँदा सेवाग्राहीले आफ्नो मूल राहदानी, नागरिकता र तिनका प्रतिलिपिहरू साथमा ल्याउनुपर्नेछ भने विवाहित महिलाको हकमा विवाह दर्ता र नाबालकहरूको हकमा जन्मदर्ता तथा अभिभावकका कागजातहरू आवश्यक पर्नेछन्। राहदानी नवीकरणका लागि ११० पाउण्ड, हराएको राहदानीका लागि २२० पाउण्ड र १० वर्ष मुनिका नाबालकका लागि ५५ पाउण्ड शुल्क तोकिएको छ।

शिविरमा राहदानीबाहेक सम्भव भएसम्मका कन्सुलर सेवाहरू समेत प्रदान गरिने दूतावासको सूचनामा उल्लेख छ । सेवा शुल्कको भुक्तानी बैंक कार्डमार्फत मात्र गर्नुपर्नेछ । राहदानी तयार भइसकेपछि आवेदकलाई इमेलमार्फत जानकारी दिइनेछ र कूरियर सेवा प्रयोग गरेर राहदानी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!